हलेसी, बराहक्षेत्र र पाथिभरा अब मोरङमा

विराटनगर, पुस २८ । प्रदेश सरकारले पर्यटन प्रर्वद्धनका लागि मोरङको पथरी शनिश्चरेमा धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई समेटेर सांस्कृतिक ग्राम निर्माण गर्ने भएको छ ।
पथरी शनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरमा उनीहरुको पुर्नबासपछि खाली भएको सय बिघा क्षेत्रफलमा सांस्कृतिक ग्राम निर्माण गरिने भएको हो ।
null
सांस्कृतिक ग्राम निर्माणको लागि गत सोमबार बसेको प्रदेश सरकारको मन्त्रीस्तरको बैठकले डिपीआर निर्माण सम्बन्धी अवधारणा तयार गर्न स्थानीय राजनितिक अगुवा चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो ।
सांस्कृतिक ग्राम निर्माण सम्बन्धी निश्चित कार्य तोकी बनाईएको सो कार्यदलको पहिलो बैठक प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको समेत उपस्थितीमा पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालयले सांस्कृतिक ग्राम निर्माणको लािग पहिलो चरणमा ५० लाख रुपैँया बजेट विनियोजन गरेको छ । सय विघा जग्गालाई सबैक्षेत्रको जनजीवन झल्काउने गरी हिमाली प्लट,पहाडी प्लट, तराई प्लट तथा हिमशृङ्खला, नदी प्रवाह र वनजंगल समेत देखिनेगरी विविध प्राकृतिक सम्पदाको प्लटमा विभाजन गरी ग्राम निमार्ण गरिने प्रदेश सरकारको योजना रहेको मन्त्री जिवन घिमिरेले जानकारी दिए ।
उनले तीनधाममा खोटाङको हलेसी महादेवस्थान, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथिभरादेवीको हुबहु चित्रण गरिने छ । प्रदेशको पहिचानको रुपमा विकास गर्न लागिएको यस सांस्कृतिक ग्रामको नाम सांस्कृतिक ग्राम निर्माण सम्बन्धी गठन गरिएको कार्यदलले डिपीआर तयार गर्दा ध्यान दिनुपर्ने पक्षहरुको सिफारिस गर्ने, सांस्कृतिक ग्राम राख्न उपयुक्त हुने वस्तु तथा सामाग्रीको सुची तयार गर्नेछ ।
त्यस्तै संरचना र कार्यविवरण तयार गर्ने, आवश्यक जनशक्ति र पुर्वाधारको प्रक्षेपण गर्ने तथा विभिन्न स्थानहरु झल्किने व्लकहरु के कस्ता र कसरी बनाउन उपयुक्त हुन्छ भन्ने कुराहरु लगायतको कामहरु गर्नेछ ।








