आइएमई डिजिटल र जनता बैंक नेपाल लिमिटेड बीच सम्झौता

 

पुष १८, काठमाडौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित  प्रर्वद्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेड बीच ‘ आइएमई पे’ सम्झौता भएको छ । मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

null

सम्झौता अनुसार जनता बैंक नेपाल लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । 

साथसाथै जनता बैंक नेपालका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *