जटिल बन्दै डा. केसीको स्वास्थ्य, दायाँ फोक्सोमा अवरोध

 

पुस २९, काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाम पुगेर १६ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । 

उनको रक्तचाप कम हुँदै गएको छ । दाहिने फोक्सो राम्रोसँग खुल्न छोडेको छ । डा. केसीको छातीमा संक्रमण भएको छ भने पिसाब कम आउन थालेको केसीको स्वास्थ्य जाँचमा खटिएका डा. रामकृष्ण आचार्यले जानकारी दिए । 

null

उनको शरीरमा पानी कम भएको छ । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने अनुमान गरेका छन् । रगत र पिसाब परीक्षणका लागि अस्पतालमा नमुना लगिएको छ। त्यसको रिपोर्ट आएपछि उनको स्वास्थ्यबारे थप जानकारी आउने चिकित्सकले बताएका छन्। 

शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो । 

गएको बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि सरकारले आफूलाई धोका दिएको बताउँदै डा. केसी अनशन बसेका हुन् । 

आज उनको विरोधकाबीच पनि संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =