गुराँस लाईफ इन्स्योरेन्ससँग कामना बैंकको बैंकासुरेन्स सम्झौता

 

माघ ८, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकासुरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ l 

यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन l सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ l 

null

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेत र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका थिए l 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *