सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता

 

माघ १, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि बैंकासुरेन्स सम्झौता भएको छ । 

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे । 

null

सम्झौता अनुसार अब कामना बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ । 

हाल यस बैंकले देशभरी आफ्ना ६३ वटा शाखातथा १७ ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *