ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक

 

पुस २५, काठमाडौं । स्मार्टफोन ओपो एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ । 

पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफनाइनका लागि प्राप्त अभुतपूर्व सफलता पश्चात कम्पनीले नयाँ रंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपमा फोन सार्वजनिक गरेको हो । 

null

एफनाइन जेड ग्रिन एडिसनको मूल्य रु. ४१,५९० निर्धारण गरिएको छ । 

‘एफनाइनले नेपाली बजारमा निकै ठूलो सफलता हात पारेको छ । हामीले जेड ग्रिन लिमिटेड एडिसनको डिजाइन विशेषगरी यूवा पुस्तालाई ध्यानमा राखि गरेका छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘हाल सम्म प्राविधिक उत्कृष्टता कायम राख्दै सुन्दर कलात्मक उत्पादन दिने कार्यमा हामी सफल रहँदै आइरहेकोमा यसैको नमुनाका रुपमा एफनाइन जेड ग्रिन एडिसनलाई लिन सकिन्छ ।’ 

जेड ग्रिन एडिसनमा एफनाइनमा विद्यमान विशेषताहरु (स्पेसिफिकेसन्स) लाई नै निरन्तरता दिइएको छ । यसमा उपलब्ध भोक फ्ल्याश चार्जले ५ मिनेटको चार्जमा २ घण्टा कुरा गर्न सकिन्छ । 

जेड ग्रिन भ्यारियण्टले ह्वाइट स्याण्ड बिचेज, सफा पानी र लश रेनफोरेस्ट रंगको सम्मिश्रण मार्फत् प्राकृतिक पारदर्शि लुक्स प्रदान गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *