पोष्टर टाँसेर देश चल्दैन: देउवा

पुस २०, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार फ्लप भएको दाबी गरेका छन् । उनले दुई तिहाइको दम्भमा रहेको वर्तमान सरकारले अब देश चलाउन नसक्ने दावी समेत गरे ।  

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले पोष्टर टाँसेर अब देश नचल्ने भएकाले अब यो सरकारबाट कामको अपेक्षा गर्न पनि नसकिने बताए । ‘पोष्टर टाँस्दैमा देश बन्दैन, अब दुई तिहाईको दम्भमा बर्तमान सरकारले देश बनाउन सक्दैन ।’ उनले भने । 

 

null

अर्को एक प्रसंगमा देउवाले वाइडबडी खरिद छानबीन प्रकरणमा कुनै मन्त्रीलाई कार्वाहीको सिफारित गरिएको बिषयमा जानकारी नभएको बताए । उनले वाइडबडी खरिद प्रकरणका दोषीलाई सरकारले आवश्यक कानुन बनाएर कार्वाही गर्न सक्ने जानकारी दिए । उनले संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आफुले अध्ययन नगरेकोले अहिले सबै कुरा बाहिर ल्याउन आफुले नसक्ने जानकारी दिए ।  

सभापति देउवाले निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई अहिलेसम्म कानुनी कठघरामा ल्याउन नसक्नु सरकारको लाचारीपन भएको बताए । देउवाले प्रहरी प्रशासन समेतको संलग्नतामा प्रमाण मेटेर अपराधिलाई उन्मुक्ति दिने प्रयास भएको जिकिर गरे । निर्मलाको बलात्कार पछि हत्या भएको घटना सानो कुरा नभएको भन्दै देउवाले निर्मलाको परिवारले न्याय नपाएसम्म यो विषय नेपाली कांग्रेसले सेलाउन नदिने जानकारी दिए ।  

सभापति देउवाले कांग्रेसको चौथो महाअधिवेशन समयमा नै हुने दाबी गरे । उनले अर्ली महाधिवेशनको कुरा कसैले नउठाएको दाबि गर्दै महाधिवेशन समयमा नै सम्पन्न हुने बताए । 

साथै उनले कर्मचारी समायोजन तथा प्रदेशमा जान नमान्ने कर्मचारीहरुलाई कारवाहि गर्ने कुरा सरकारले बताइरहेको बेला उनले भने कर्मचारीलाई कारवाहि गर्नुभन्दा थप सेवा सुविधा बढाएर पठाउनुपर्ने बताए ।कर्मचारी अभावमा प्रदेशका काम कारवाहिमा समस्या देखिरहेको बताउँदै उनले कर्मचारीलाई आतंकीत बनाएर भन्दापछि थप इन्सेन्टीभ दिनुपर्ने उनको भनाई थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *