प्राइम कमर्सियल बैंकको शाखा खप्तडछान्नामा संचालन

 

पुस ३०, काठमाडौँ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । 

स्थानिय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितीमा आज एक समारोहका बिच खप्तडछान्ना गाँउपालिका अध्यक्ष श्रीे वर्क बहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको समुदघाटन गरे । 

null

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता यस बैंकले प्रकट गरे । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकले जनाए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *