ग्लोबर्ल बैंक र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर बीच सम्झौता 

 

माघ ४, काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि. बीच हिजो सम्झौता भएको छ । एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि.ले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । 

बैंकले एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि. सँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरिय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । 

null

उक्त सम्भौतापत्रमा एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि. का सञ्चालन निर्देशक डा. सतेन्द्र राउतले र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ । 

उक्त सम्झौता पश्चात एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि., विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने बिभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउँने छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *