मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु
२०७५ पुस २९ गते

पुस २९ कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
आज बिहान डण्डाबाट नारायणगढका लागि छुटेको ना ४ ख ७९२८ नं. को बसले ना ४९ प २२०७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गोमरिया घर भई हाल कावासोतीमा मिस्त्री काम गर्दै आएका ३५ वर्षीय दमेन्द्र यादवको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
null
२०७५ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








