सुख्खा बन्दरगाहको उद्घाटन गर्न चोभार पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा

 

माघ ३, काठमाडौँ । कीर्तिपुर नगरपालिका चोभारमा बन्न लागेको सुख्खा बन्दरगाहको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँका स्थानीयले कालो झण्डा देखाउँदै नाराबाजी गरेका छन् । 

प्रदर्शनकारीले प्रधानमन्त्रीको विरोधमा नारा लगाएपछि प्रहरीले प्रदर्शनमा सहभागी स्थानीय बासिन्दालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले ४० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो । 

null

 

सरकारले काठमाडौँ उपत्यकामा सामान ढुवानी सहज बनाउन भन्दै सुख्खा बन्दरगाह निर्माण गर्न लागेको हो । 

स्थानीयवासीले भने प्राकृतिक सौन्दर्य बिग्रिने तथा धार्मिक क्रियाकलापमा प्रभाव पर्ने भएकाले बन्दरगाहको विरोध गरेका हुन् । 

प्रधानमन्त्री ओलीले स्थानीयवासीको विरोधका बीच बिहीबार चोभारमा सुख्खा बन्दरगाहको शिलन्यास गरे । 

 

विश्व बैंकको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा बन्दरगाह चोभारमा अत्याधुनिक बन्दरगाह निर्माण हुनेछ। 

स्थानीयको अवरोध नभए यो बन्दरगाह १८ महिनामा तयार हुनेछ । तर स्थानीयले बन्दरगाह निर्माणमा अवरोध सिर्जना गरिरहेका छन्। 

 

स्थानीयले हिमाल सिमेन्ट कारखानाले पुर्‍याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने, कर्मचारीले पाउनुपर्ने पारिश्रमिक लगायतका माग राखेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =