नेपाल इन्जिनियरिङ कलेज लूटको पराकाष्टाः २, किनेको अवार्डमा गौरब

 

माघ १३, काठमाडौं । बेलायत स्थित विश्वकै उत्कृष्ठ अक्सफोर्ड विश्वविद्यालयबाट ‘म्यानेजर अफ द इयर’ पुरस्कार पाएको भन्दै चुरीफुरी गरेका नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्षले ल्याएको अवार्ड खरिद गरेर ल्याएको बुझिएको छ । 

सन् २०१४ मा अक्सफोर्ड विश्वविद्यालयले नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई ‘म्यानेजर अफ द इयर’बाट सम्मानित गरेको भन्दै तत्कालिन अवस्थामा सञ्चार माध्यममा समाचार प्रकाशित गरेका लम्बोदर न्यौपानेले उक्त अवार्ड एक सामाजिक संस्थाबाट खरिद गरेको ल्याएका रहेछन् । 

null

कलेजलाई नेपालकै उत्कृष्ठ इन्जिनियरिङ कलेज भन्दै अक्सफोर्ड विश्वविद्यालयले सम्मान गरेको भनिएपनि उनले उक्त अवार्ड एक विदेशी संस्थाबाट खरिद गरेर ल्याएको एक सञ्चालकले दावि गरे । 

ती सञ्चालकका अनुसार न्यौपानेले ६ सय डलरमा खरिद गरेर ल्याएको उक्त अवार्डलाई ३६ सय परेको भन्दै कलेजबाट भुक्तानी लिएका छन् । ‘सुरुमा ६ सय डलर लाग्यो भनेकोमा पछि ३६ सय डलर भुक्तानी गरिएको छ ।’ एक कलेज सञ्चालक समितिका सदस्यले बताए । ‘अहिले कतिपय अवार्डहरु पेड अवार्ड छन्, उहाँले पाएको अवार्ड त्यस्तै अवार्ड हो, अक्सपोर्डले अवार्ड दिएको हैन ।’ स्रोत भन्दछ । 

अक्सफोर्ड समिट लिडर्सले नेपाल इन्जिनियरिङ कलेजलाई पठनपाठन, प्रविधिको उच्चतम प्रयोग तथा उत्कृष्ठ ब्यवस्थापनमा सम्मानीत गरेको भनिएपनि अक्सफोर्ड विश्वविद्यालयको वेभ साइटमा उक्त अवार्डका बारेमा जानकारी छैन । 

कलेज डुवाउन लम्बोदर न्यौपानेले गरेका कर्तुतहरु अनेक छन् । ‘आफ्नै हात जगन्ननाथ’ भने जस्तो कलेजको सञ्चालक हुँदा उनले हुदै नभएको कर्मचारीको नाममा समेत लाखौं भुक्तानी लिएका छन् । 

 

कलेज प्रध्यापकका श्रीमतीका नाममा समेत भुक्तानी लिएका छन् । विदेश जाँदा एक प्राध्यापकको युरो सापटी चलाएकोमा उनले भुक्तानी भने कलेजबाट दिएका छन् । ‘एक जना प्राध्यापक कलेजकै काममा रुस जानु भएको थियो, उहाँले आफुलाई युरो चाहिएको, पछि फिर्ता गर्ने भनेर लिनुभयो, पछि कलेजबाट भुक्तानी दिनुभएको छ । यसका हरेक रेकर्ड कलेजसँग छ ।’ एक सञ्चालकले जिकिर गरे । 

लम्बोदर न्यौपानेले गरेका सड्यन्त्रमा मुख्य साथ दिने ब्यक्ति हुन् प्रदेश ३ का सांसद सूर्यबहादुर केसी । ब्यवसायीक रुपमा केसी ग्रुपका अध्यक्ष समेत रहेका सांसद सूर्यबहादुर केसीको साथ पाएर सामान्य जग्गा दलाल गरेर जिविकोपार्जन गर्दै आएका लम्बोदर एकाएक सेठ भएका हुन् । ‘सञ्चालक समितिका दुई जनाको स्वर एउटै भएपछि अरुले बोल्ने ठाउँ नै भएन ।’ स्रोत भन्दछ । 

सुरुमा कलेज चलाउने सवालमा केसीको खासै इन्ट्रेष्ट थिएन, जब कलेजमा एक्कासी पैसा जम्मा भयो, जब कलेजलाई प्रा.लि.मा लैजाने सड्यन्त्र भयो त्यसपछि उहाँको सक्रियता बढ्यो । उनले कलेजको डेढ करोड रकम अपचलन गरेका छन् । कलेजले पटकपटक उक्त रकम फिर्ता गर्न भनेपनि केसीले रकम फिर्ता गरेका छैनन् । उल्टै कलेज सञ्चालकलाई विभिन्न धाक धम्की दिइरहेका छन् । ‘लम्बोदर न्यौपाने, सुर्य बहादुर केसी लगायतलाई अपचलन गरेको रकम फिर्ता माग्दा विभिन्न ब्यक्तिले समेत धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका छन् ।’ सञ्चालक मध्येका एकले मकालु खबरसँग भने । 

 

केसीले आफ्नै बैंक माछापुच्छ्रे बैंकबाट कलेजको नाममा ऋण निकालि दिएका छन् । जसको साँवा ब्याज अहिलेसम्म कलेजले तिरिरहेको छ । केसी समुहले हाइड्रो कन्ट्रक्सन देखि होटल समेत सञ्चालन गर्दै आइरहेका छन् । सांसद केसीका दुई छोरा अहिले माछापुच्छ्रे बैंकको माथिल्लो तहमा कार्यरत छन् । केसीका दुई छोरा प्रकास र रोशन माछापुच्छ«े बैंकमा छन्, अर्का छोरा हाइड्रोपावर हेर्दछन् । 

वि.स. २०७० सालदेखि ०७४ सालसम्म ४ वर्ष अध्यक्ष भएर लम्बोदरले कलेजलाई चुस्न सम्म चुसे । ०५१ सालमा सुरुका सात जना सञ्चालकले कलेज सञ्चालनका जनही पाँच पाँच लाख कलेजलाई र्निब्याजी ऋण स्वरुप लगानी गर्ने सहमति गरे पनि संस्थापक सदस्य मध्येका दीपक भट्टराई वाहेक अन्यले कवोल गरेको रकम नै हालेका थिएनन् । 

लम्बोदर न्यौपाने यतिबेला राज्य संयन्त्र र कलेज प्रशासनबाट सम्पर्क विहिन भएका छन् । नेपाल सरकारले इन्जिनियरिङ कलेजमा अनियमितता भएको पाएपछि छानविन समिति नै गठन गरेर नितीगत भ्रष्टाचार गरेको ठहर गरेको छ । 

 

चण्डोल विशालनगर निवासी लम्बोदर कलेज स्थापना हुनु अघि जग्गा दलाली गर्दथे । उनी आफुलाई बेलायतमा पढेर आएको चार्टर्ड एकाउन्टेन्ट भन्दथे । खासमा उनी चार्टर्ड एकाउन्टेन्ट हैनन् । उनी जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको सञ्चालक समितिमा पनि थिए । कलेजमा ब्यापक अनियमतिता गरेको पाएपछि कलेज सञ्चालक समितिले उनलाई निष्कासन गरेको थियो । 

चन्डोल विशालनगर घर भएका न्यौपाने रामेछापका हुन् । उनका दुई छोरा र श्रीमति अष्ट्रेलियामा छन् । लम्बोदर न्यौपाने अहिले कलेजको सम्पर्कमा छैनन् । स्रोतले दिएको जानकारी अनुसार उनी अहिले चन्डोल विशालनगरको घरमा नबसी राजधानीका विभिन्न स्थानमा लुकेर बस्दै आइरहेका छन् । उनले विशालनगरको घरलाई नेपाल मेडिकल कलेजको सम्पर्क कार्यालय बनाएका छन् । 

कलेजको विवादका विषयमा अर्का सञ्चालक राम रत्न उपाध्यायसँग सम्पर्क गर्दा उनले आफुलाई केहि थाहा नभएको कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई सम्पर्क गर्न आग्रह गरे । ‘यो सबै विषयमा हाम्रा अध्यक्ष लम्बोदर न्यौपानेलाई थाहा छ, उहाँलाई सोध्नुस न है ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *