जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंक बीच बैङ्कासुरेन्स सम्झौता

 

माघ ६, काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाललि.( जिआईसि नेपाल) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । 

इन्स्योरेन्स कम्पनी तथा डेभलपमेन्ट बैङ्क बीच आज आयोजित एक कार्यक्रममा सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

null

सहमतिसँगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *