एन आई सी बैंकद्वारा रु.५ लाखको बिमा दाबी भुक्तानी

 

पुस २७, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले ग्राहक राज कृष्ण श्रेष्ठको दुर्घटनामा परि असामयिक निधन भएपछी रु. ५ लाख बराबरका दुर्घटना बिमा उनका छोरालाई हस्तान्तरण गरेको छ । 

बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोलेका बैंकका ग्राहक स्वर्गीय राज कृष्ण श्रेष्ठको २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा रु. ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्ति बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा श्री रजत कृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच क्षेतिपूर्ति  बापतको रु. ५ लाखको चेक बैंकले हस्तानतरण गरिएको हो । 

null

उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट हिजो बैंकको केन्द्रिय कार्यालयमा उक्त चेक मृतककाे छोरालाई हस्तानतरण गरिएकाे थियाे । उक्त कार्यक्रममा बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जनाए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *