वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि

माघ १४, काठमाडौँ । ग्लोबल आइएमई बैंकल आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरि कार्यक्रम गरेको छ । 

राजधानीमा वित्तिय साक्षरता जोगाउने उद्देश्यले ‘बचत गरौँ’ भन्ने मूल नाराका साथ माघ १२ गते काठमाडौँमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल,जमल हुँदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । 

null

बैंकले काठमाडौँ उपत्यकामा मात्र नभएर काठमाडौँ बाहिर विभिन्न ठाउँहरु, विराटनगर, लहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज, लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । 

बैंकले यसअघि रक्तदान एवम् निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ । 

स्थापनाको एकदशकको अवधीमा ग्लोबल आइएमई बैंक बैंक अफ द इएरअर्वाड, बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड, रबेष्ट इम्प्लोयर अवार्ड लगायतबाट समेत सम्मानित भईसकेको छ । 

हाल बैंकले १३३ शाखा, १४२ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ७ बटा एक्टेन्सन काउण्टर, ११७ शाखा रहित बैंकिङ्गमार्फत् ग्राहकलाई सेवा दिँदै आइरहेको छ । 

त्यस्तै बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *