स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको लागि तालिम

 

पुस २९, काठमाडौँ । स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालिम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालिममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो । 

null

सो अवसरमा सङ्घका अध्यक्ष सञ्जयकुमार झाले सरकारले स्पिच थेरापी सेवा उपलब्ध गराउनुका साथै विद्यालयस्तरका पाठ्यक्रममा स्वर बोलाइसम्बन्धी अपाङ्गताको विषयलाई समावेश गर्नुपर्ने माग गरे । नेपालको पछिल्लो तथ्याङ्कअनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत अर्थात  पाँच लाख १३ हजार ३२१ रहेका छन् ।  

अपाङ्गता सम्बन्धी अधिकारकर्मीले राज्यका हरेक संरचनामा आफूहरूको समान सहभागिता हुनुपर्ने माग समेत गर्दै आएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =