प्रचण्ड पत्नी सीता दाहाल दुई दिनदेखि अस्पतालमा, स्वास्थ्य अवस्था स्थिर
२०७५ माघ ८ गते

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्पताल भर्ना भएकी छन्। रुघाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई रुघाखोकी फ्लु देखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले बतायो। सीताको उपचारमा डा. युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन्।
उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित थिइन्। चिकित्सकका अनुसार यस्ता बिरामीको गति सुस्त हुने, हातखुट्टा कमजोर हुनेजस्ता लक्षण देखिन्छन्।
null
सीतालाई प्रेसर र सुगरको समेत समस्या छ।
२०७५ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित








