एनआईसी एशिया बैंककोे थप दुई वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

 

पुस १९, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ७ धाप र महाकाली नगरपालिका वडा नं ९ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे एनआईसी बैंकले युके.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा पुस १७ र १८ गते २१–२२ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

null

बैंकले महाकाली नगरपालिका वडा नं.७ मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्नाले गरे भने वडा नं ९ मा महाकाली नगरपालिका, वडा नं.९ का वडा अध्यक्ष हर सिंह डाँगाले उद्घाटन गरे । 

वडा ७ को शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरिएको छ भने वडा नं ९ मा कृष्ण सिंह चौैसिरलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत् बैंकिङ्ग सेवा लिन सक्ने बैंकले उल्लेख गरेको छ । 

बैंकको यो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्ने जस्ता कार्यहरु गर्न सक्नेछन् । 

बैंकले हाल मुलुकभरका २७० शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकको वासलातको आकार रू. २१३अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगेको छ भने कुल कर्जा करिब रू. १४६ अर्ब पुगेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले जानकारी दिए । 

सक्षम यु. के.एडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु सँगको साझेदारीमा नेपालमा वित्तीय पहुँच तथा सवलकिरणको लागि कार्य गर्दै आईरहेको बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *