अहेबलाई इन्चार्ज बनाउने निर्णयविरुद्ध हेल्थ असिस्टेन्ट प्रदर्शनमा

 

माघ २, काठमाडौँ । हेल्थ असिस्टेन्ट संघ, नेपाल (हान) ले बुधबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । 

अहेबहरुलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउने प्रस्तावित दरबन्दी संरचना तत्काल खारेज गर्न सरकारलाई दवाव दिँदै हानले काठमाडौँको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन गरेको हो । 

null

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शैक्षिक योग्यता र लोकसेवा आयोगको प्रक्रिया विपरित अहेबलाई स्वास्थ्य चौकीहरुको जिम्मेवारी दिने गरी दरबन्दी संरचनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा पेश गरेका थिए । सो प्रस्तावको विरोधमा प्रदर्शन गरिएको हो । 

सरकारको सो प्रस्तावित दरबन्दी संरचनाबाट जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसक्ने संघका सल्लाहकार गोविन्द गिरीले बताए । 

उनले १० महिना तालिम लिएका अहेवहरुले स्वास्थ्य चौकीको नेतृत्व गर्नै नसक्ने पनि स्पष्ट पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =