एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

 

पुस २०, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले झापाको फाल्गुनन्द चोकमा नयाँ शाखा विस्तार गरेको छ । 

शाखाको उद्घाटन शुक्रबार एक भव्य समारोहकाबीच एनआईसी एशिया बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले गरे । 

null

उद्घाटन समारोहमा सञ्चालक अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएको र एनआईसी बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको जानकारी गराए । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४६ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्मयस बैंकमाग्राहकको संख्या करिब १४लाख रहेको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खनियाले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *