ग्लोबल आइएमई को १२ औँ बार्षिकोत्सवमा रक्तदान कार्यक्रम 

 

पुस २६ ,काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । 

“रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ आज बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

null

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । यस बैंकले स्थापनाको एक दशकमा बैंक अफ इएर द २०१४ तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड २०१६, बेष्ट इम्प्लोयर अफ द इयर २०१८ बाट समेत सम्मानित भईसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *