सेनाको कार्गो विमान दुर्घटना हुँदा इरानमा १५ जनाको मृत्यु भएको आशंका

पुस ३०, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ ।
null
तर इरानी सेनाले दिएको जानकारी अनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान इन्जिनियर मात्र जिवीत रहेका थिए ।
कार्गो बोइङ ७०७ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएपछि दुर्घटनाग्रस्त भएको इरान वायुयान संगठनका प्रवक्ता रेजा जाफार्जादेशले सरकारी सञ्चारमाध्यम आइआरआइबीलाई बताएका छन्।
आइआरआइबीले शुरुमा दिएको जानकारीअनुसार यस विमानमा १० व्यक्ति मात्र सवार रहेका थिए । तासनिम समाचार समितिका अनुसार सेनाको यो कार्गो विमानले काजकिस्तानको राजधानीबाट मासुजन्य खाद्य पदार्थ लिएर फर्किरहेको थियो ।
आल्बोर्ज प्रान्तको फाथ विमानस्थलमा अवतरण हुन लागेको यो विमानले एक भवनमा ठक्कर दिएपछि धावनमार्गभन्दा बाहिरपट्टी जबर्जस्ती अवतरण हुन लागेकोले दुर्घटनामा परेको आइआरआइबीले जानकारी दिएको छ ।








