मोहन्याल गाँउपालिकामा आर्थिक अनियमितता, छानविन नगर्न वडाध्यक्षकाे दबाब

 

माघ ७, कैलाली । कैलालीको मोहन्याल गाँउपालिकामा आर्थिक हिनामिना भएको आरोप प्रत्यारोप लागेपछि छानविन गर्न गठन भएको समितिलाई काम गर्न रोक लगाइएको छ । 

राजनीतिक शक्तिको आडमा गाउँपालिकाका वडाध्यक्षहरुले नै छानविन समितिलाई अनुसन्धान गर्न नदिएका हुन्। 

null

गाँउपालिकाको गत आर्थिक वर्ष ०७४/०७५ का योजनाहरुमा आर्थिक हिनामिना भएको भन्दै पुस अन्तिम साता बसेको गाँउ कार्यपालिकाको बैठकले उपाध्यक्ष बुढामगरको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो। 

मोहन्याल गाँउपालिकामा जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा आर्थिक हिनामिना भएको आरोप लागिरहेका बेला अनुगमनमा पनि जनप्रतिनिधिहरुले लगाएपछि आशंका गढेको छ । 

समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिका प्रतिनिधि पनि छन् तर उनीहरुलाई माघ १० गते भन्दा अगाडी अनुगमन नगर्न राजनीतिक दबाब आइरहेको छ । आर्थिक हिनामिनाका सवालमा जनप्रतिनिधिलाई समेत सार्वजनिक रुपमा बोल्न रोक लगाइएको छ । 

मोहन्यालका स्थानीय कमल थापाले भने, ‘मोहन्याल गाँउपालिकाको बजेटमा हिनामिना भएको भन्दै मैँले सूचना मागेको थिएँ । उनीहरुले दिएनन्। अहिले आएर उपाध्यक्षले यो विषय बाहिर ल्याउनु भएको छ। तर अनुगमन अझै गर्न नदिने प्रयास भइरहेको छ,’ उनले भने, ‘गाँउपालिकाले उपभोक्ता समिति मार्फत् सम्पन्न गरिएका योजनाहरुमा बढि आर्थिक हिनामिना भएको आंशका छ।’ 

कैलालीको मोहन्याल गाउँपालिकाले कृषि कार्यक्रम अन्तर्गत वडा नम्बर ३, ५ र ६ मा भैँसी पालन सम्बन्धी उन्नत जातको राँगोका लागि तीन समूह गठन गरेको थियो । राँगो किनिएको छैन्। तर रकम भने गाँउपालिकाबाट निकासी भएको स्रोतको दाबी छ । 

अन्य योजनामा पनि गाँउपालिकाले आर्थिक हिनामिना गरेको भन्दै उपाध्यक्ष सहितका जनप्रतिनिधिले पत्रकार सम्मेलन नै गरेका थिए। उपभोक्ता समितिबाट निर्माण भएका योजनाहरुमा बढि आर्थिक हिनामिना भएको आशंका गरिएको थियो। 

वडाध्यक्षहरु भने उपाध्यक्षले गाँउपालिकाका योजनाका बारेमा जानकारी नलिएर बाहिर गएको आरोप लगाएका छन्। गाँउपालिकाको आर्थिक हिनामिनाका विषयमा आन्तरिक छलफल गर्न सकिने उनीहरुको धारणा छ। 

गाँउपालिकाको वडा नम्बर १ का अध्यक्ष नविन पुनमगरले उपाध्यक्षले गाँउपलिकाका जनप्रतिनिधिसँग छलफल गर्नुपर्ने बताए । उनले भने, ‘उपाध्यक्ष बाहिर जानुभयो। आर्थिक हिनामिनका विषयमा गाँउपालिकामै छलफल गर्नुपर्ने थियो तर भएन।’ 

उपभोक्ता समितिका पदाधिकारीहरुलाई पनि वडाध्यक्षहरुले धम्काउने गरेको खुल्न आएको छ । समितिका पदाधिकारीहरुलाई उनीहरुले आर्थिक हिनामिनाका विषयमा कसैलाई भने हिनामिनामा मुछ्ने धम्की दिइरहेको अनुगमन तथा छानविन समितिका संयोजक तथा गाँउपालिकाका उपाध्यक्ष पुजादेवी बुढामगरले बताइन् । 

पुजादेवीले गाँउपालिकाका वडाध्यक्षहरुले गरेको आर्थिक हिनामिनाका बिषयमा ८ गतेको गाँउपालिकाको बैठकपछि मात्र अनुगमन सुरु गर्ने जानकारी दिइन् । 

‘केही खुलेको छैन्। हामी ८ गतेको बैठकपछि मात्र अनुगमनमा जाने योजनामा छाैँ। अनुगमनपछि मात्र हिनामिनका बिषयमा बोलौँला। तर जनप्रतिनिधिहरु बिच यो विषयमा बाहिर कसैलाई नभन्ने कुरा भएको छ ’, उनले भनिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =