ग्लोबल आइएमई बैंकद्धारा कालिकोेटमा राहत वितरण

पुस २३, काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोेट जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्नि पीडितलाई राहत वितरण गरेको छ । 

बैंकले पुस ८ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो । आगलागीबाट घरबार बिहीन भएकाहरुको जीवनयापनमा सहज होस भन्ने उद्धेश्यले बैंकल उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो । उक्त राहत सामाग्रीहरुको वितरण श्री गणेश आधारभुत विद्यालयको प्राङ्गणमा गरिएको हो । 

ग्लोबल आइएमई बैंक लि.ले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरुः बाढी, पहिरो, भुकम्प लगायतका अन्य बिपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *