कामना सेवा विकास बैंकद्वारा ह्विल चियर प्रदान

 

माघ १५, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले असहायलाई ह्विल चियर प्रदान गरेको छ । 

पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त असपतालमा रहेका कुष्ठ रोगका बिरामीहरुलाई कामना बैंकले ह्विल चियर प्रदान गरेको हो । 

null

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो । 

पोखरा महानगरपालिका वडा नं.१५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालका सञ्चालक दिपक महर्जन, सुपेरिटेन्डेन्ट Dr. Bruce Hayes, प्रशासक अधिकृत युवराज आचार्य साथै बैंकका संचालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र सहायक महाप्रबन्धक टुबराज बास्तोलाले संयुक्त रूपमा ह्विल चियर हस्तान्तरण गरेका थिए । 

हाल अस्पतालमा थोरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता सामाजिक कामहरु गर्दै जाने बैंकको नीति रहेको संचालक देवकृष्ण काफ्लेले बताए । 

बैंक नाफामुखी मात्र नभएर सामाजिक रूपमा पनि उत्तरदायी रहेको र हाल देशभरी आफ्ना ६४ वटा शाखा तथा १७ वटा ATM मार्फत् ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ। 

साथै बैंकले साथै बैंकले ABBS, SMSBanking, Mobile Banking, C- ASBA लगायतका माध्यमबाट समेत सम्पूर्णबैंकिंग सेवाहरु उपलब्ध गराउदै आएको कामना विकास बैंले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *