ट्याक्टर पल्टिँदा चालकको मृत्यु एक घाईते

माघ ८, गौशाला । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेशिनसँगै जोडिएको ट्याक्टर पल्टिँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको मृत्यु भएको छ । 

ट्याक्टरमै बसिरहेका रौतहट चन्द्रपुर नपा–९ कै २१ वर्षीय विनोद राम गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

गए राति करीब ८ बजे बर्दिवासबाट रौतहट जाँदै गरेको ना ६ त ५६१५ नम्बरको रुई पेल्ने मेशिनसँग जोडिएको ट्याक्टर बाँके जङ्गलमा आफैँ अनियन्त्रित भई पल्टिँदा चालक मन्सुरीको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =