पूर्वराजा शाह आज सीमरा जाँदै

 

माघ १३, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाह आइबार बाराबो सीमरा जाँदैछन् । पारिवारिक भ्रमणका लागि शाह सीमरा जान लागेका हुन् । 

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा गरेर राजावादीसँग भेटघाट र गोप्य छलफल गरेका ज्ञानेन्द्र शाहले सीमरामा पनि त्यस्तै खालको भेटघाट गर्ने स्रोतले बताएको छ । 

null

यस्तै उनी त्यहाँ रहेका विभिन्न शक्तिपिठको दर्शनमा पनि सहभागी हुने जनाइएको छ । पूर्वराजा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसँगै निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत सहित बुद्ध एयरको विमानमार्फत अपरान्ह ४ बजे सीमरा प्रस्थान गर्नेछन् । 

सीमरामा उनी आफ्नो बालसखा तथा सल्लाहकार प्रभु शमशेर राणाको निवासमा रहने उनी निकट स्रोतले बताएको छ ।  

करिब दुई साता सिमरा बसाईपछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने बुझिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *