हिटर आतंकः बन्द घरमा आगलागी हुदाँ पोल्याण्डमा पाँच किशोरीको मृत्यु

पुस २२, पोल्याण्ड । हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परी पाँच किरोशीको मृत्यु भएको छ । 

पोल्याण्डको उत्तरी क्षेत्रमा रहेको एउटा घरको बन्द कोठाभित्र रहेका बेला हिटरमा समस्या उत्पन्न भएपछि भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । 

कोस्जालिन सहरमा शुक्रबार यो आगलागीको घटना भएको हो । करिब १५ आसपासमा ती किशोरीहरुको शव उद्धारकर्ताहरुले निकालेका छन् । 

null

अग्नी नियन्त्रकहरुले ती किशोरीहरु मध्ये एक जनाको जन्मदिन परेकाले जन्मोत्सव मनाउनेक्रममा आगलागी भएको बताएका छन् । उनीहरु ढोका लगाएर कोठा भित्र खेलिरहेका थिए । 

घटनामा परी डडेर घाइते भएका एक जना २६ बर्षीय व्यक्तिलाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ । 

हिटरनजिकै रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

आगलागीबाट घर भित्रका सामानहरुमा समेत क्षति पुगको घटनास्थलमा पुगेका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *