डा. केसीसँगको सम्झौता विपरित बहुमतले पारित भयाे चिकित्सा शिक्षा विधेयक

 

पुस २५, काठमाडौँ । शिक्षा तथा स्वास्थ्य समितिले विवादास्पद चिकित्सा विधेयक विवादकै बीच बुधबार बहुमतले पारित गरेकाे छ । 

नेकपाका सांसदहरुले कांग्रेसको विरोधकाबीच एकपक्षीय रुपमा डा. गोविन्द केसीसँगको सम्झौता विपरित विधेयक पारित गरेका हुन् । 

null

कांग्रेसले केसीसँग भएको सहमतिअनुसार नै प्रतिवेदन पास हुनुपर्ने भन्दै फरक मत राखेको थियो तर केसीको सहमति अनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय गर्न नसक्ने भन्दै नेकपा सांसदहरुले बहुमत पुर्‍याउँदै विधेयक पारित गरेका हुन्। 

नयाँ विधेयक अनुसार अब उपत्यका बाहिर मेडिकल कलेज खुल्न पाउनेछन् । यो प्रतिवेदनअनुसार विधेयक संसदले पास गरेमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले नै उपत्यका बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिन सक्नेछन् । 

यता डा. केसीले उपसमितिको प्रतिवेदन आएलगत्तै सहमति विपरीत विधेयक निर्माण भएको भन्दै १६ औं अनसन बस्ने घोषणा गरिसकेका छन्। 

आफ्ना माग पूरा गर्न मंगलबारसम्मको अल्टिमेटम दिएका डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाइपछि बुधबार बिहानै सुरु गर्ने भनिएको अनशन रोकेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =