‘डीएनए परीक्षणका लागि लिएको निर्मलाको भजाइनल स्वाब संकलन नै त्रूटीपूर्ण’ (पूर्णपाठसहित)

 

माघ १३, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । 

अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदन आयोग बैठकबाट छलफल गरी यही माघ ९ गतेको निर्णयअनुसार आयोगले चार बुँदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहित आज सरकारसमक्ष पेश गरेको हो । 

null

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शरीरबाट डिएनए परीक्षणका लागि निकालिएको भेजाइनल स्वाब लगायतका नमूना संकलन नै त्रुटिपूर्ण भएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले अनुसन्धान गर्दा घटनाप्रति संवेदनशील नभएको बताइएको छ । 

मानवअधिकार आयोगले बनाएको छानविन समितिकाअनुसार सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरेको भेटिएको छ, जुन त्रुटीपूर्ण भएको ठहर छ । 

यो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न नसकिने भन्दै प्रतिवेदनमा भनिएको छ, ‘यसरी संकलन गरी टेष्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने र डीएनए ह्रास हुँदै जाने, नष्ट हुनसक्ने, परिणाम सही नआउने जस्ता समस्या पाइयो । मुलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटीपूर्ण रहेको पाइयो ।’ 

अध्ययन प्रतिवेदनमा घटनास्थल तथा लास जाँच प्रकति मुचुल्काले गम्भीर प्रकतिको हत्या देखाएको, अनुसन्धानका क्रममा घटनाको विभिन्न चरणमा खिचिएका तस्बीरहरु हेर्दा अनुहार, घाँटी, दुवै पाखुरा, दुवै तिघ्रा, पेटको भाग र खुट्टामा चोटपटक लागेको देखिएको विज्ञसहितको अनुसन्धान टोलीले जनाएको छ । 

‘घटनास्थलमा खटिएका अनुुसन्धान अधिकृतले प्रत्येक घटनालाई गम्भीर रुपमा नलिएको, घटनास्थलको छुट्टाछुट्टै मुचुल्का कडा नगरिएको, स्वच्छ सुनुवाइलाई अनुसन्धानको आधार स्तम्भका रुपमा नमानिएको, लास जाँचका सामान्य सिद्धान्तप्रति प्रहरी अधिकारी सजग र गम्भीर नभएको’, प्रतिवेदनमा उल्लेख छ । 

सो विषयमा घटनाको प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अन्त्य नभएसम्म आयोगको अनुगमन जारी रहने जनाइएको छ । 

गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको घटना सम्बन्धमा आयोगद्वारा कात्तिक २७ गते विज्ञसहितको अनुसन्धान टोली गठन गरेको थियो । 

पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित अनुसन्धान समितिमा पूर्वनायब प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा रहेका थिए । 

प्रतिवेदनको पूर्णपाठ लिंक: 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *