आई.एम.ई लाइफ इन्स्योरेन्सको नयाँ शाखा बेनी र कुश्मामा

 

पुस २३, काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको उद्देश्य अनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रबर्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको हो ।  

सो शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका थिए । सो अवसरमा बोल्दै डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको बताउँदै सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी तयार रहेको जानकारी गराए । 

null

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । 

कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ । सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रादेशिक प्रमुख तथा सम्बन्धित शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *