वीपी प्रतिष्ठानले माग्यो १२० स्टाफ नर्स (सुचना सहित)

पुस २१, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्टाफ नर्स माग गरेको छ । प्रतिष्ठानले एक सुचना जारी गरी १२० स्टाफ नर्स दरबन्दी रहेको सार्वजनिक गरेको हो । 

स्टाफ नर्सका लागि पुस २० गतेदेखि ३० दिन भित्र आवेदन दिन सकिने छ । खुल्ला प्रतिष्पर्धाद्वारा लिखित परीक्षा तथा अन्र्तवार्ता पास गरेपछि प्रतिष्ठानले स्टाफ नर्स लिने बताएको छ । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भएका विद्यार्थीले आवेदन दिन पाउनेछन् । प्रतिष्ठानले स्टाफ नर्सका लागि आवास भने उपलब्ध गराउन नसक्ने जनाएको छ । 

null

विद्यार्थीले धरान स्थित प्रतिष्ठानको कार्यालय तथा काठमाडौं स्थित सम्पर्क कार्यालय बाँसबारीबाट दरखास्त लिन सक्नेछन् । भने, दरखास्त धरान स्थित प्रतिष्ठान कार्यालयमा बुझाउन पर्ने बताइएको छ । 

हेर्नुहोस सुचना 

http://www.bpkihs.edu/?news/vacancy-for-staff-nurse.html 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *