नागढुंगाबाट लागुऔषध नाइट्राभेट १४८५ सहित गुप्ता पक्राउ

 

काठमाडौं माघ १३ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जना पक्राउ गरेको छ । आज महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरी निरिक्षक ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले लागुआषध सहित एक जनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले सर्लाही बाट काठमाडौं आउँदै गरेको ना ४ ख ५३६ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुंगामा चेकजाँच गर्ने क्रममा लागुऔषध नाइट्राभेट सहित विकास कुमार गुप्तालाई पक्राउ गरिएको बताए । 

null

 

प्रहरी नायव उपरीक्षक थापाले भने, ‘सर्लाहीका गोरैटा न.पा वडा नं. ४ घर हुुने वर्ष १९ को विकाश कुमार गुप्ताको साथबाट लागुऔषध नाइट्राभेट १४८५ ट्यावलेट बरामद भएको छ ।’ 

महानगरीय वृत्त थानकोटले पक्राउ गरिएका गुप्तालाई थप अनुसन्धान पश्चात् लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाईने जनाएको छ । पछिल्ला दिनहरु नागढुंगा प्रहरीले थानकोट नाकामा चेकजाँच कडाइ गरेपछि लागूपदार्थ कारोबारीहरु दिनप्रतिदिन पक्राउ पर्नेक्रम बढ्दो छ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *