निर्मलाकी आमाकाे पनि डिएनए परीक्षण


पुस २५, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको पनि डिएनए परिक्षण हुने भएको छ ।
निर्मलाको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को वैधानिकता जाँच्नका लागि उनकी आमाको पनि डिएनए परिक्षण गर्न लागिएको हो । डिएनए परिक्षणका लागि दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमूना दिएकी छिन् ।
निर्मलाको भेजाइनल स्वाब नै प्रहरीले नक्कली खडा गरेको हुन सक्ने परिवारको आशंका थियो । त्यसैको पुष्टिका लागि उनको रगत परिक्षण गर्न लागिएको हो ।
null
बलात्कारपछि हत्या भएको पाँच महिना बितिसक्दा पनि प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन सकेको छैन। सर्वसाधारणदेखि विभिन्न पार्टी तथा संघसंस्थाहरुले हत्यारा पत्ता लगाउन नसकेको भन्दै विरोध गर्दै आइरहेका छन् ।
प्रहरीले अहिलेसम्म दुई दर्जनभन्दा बढीको डिएनए परिक्षण गरिसकेको छ ।
