एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक

 

माघ ३, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । 

null

त्यस्तै खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहित रु. १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । गतवर्षको सोही अवधिको खुद मुनाफा रु. ५७.१८ करोड रहेको थियो । 

बैंकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (७४ अर्ब) को वृद्धि गरी वासालातको आकार २१४ अर्ब पुर्याउन सफल भएको छ । 

जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (४८ अर्ब) को वृद्धि गरी १४९.३ अर्ब र निक्षेप संकलनतर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (५५ अर्ब) को वृद्धि गरी १७५.७६ अर्ब पुर्याउन सफल भएको छ । 

उक्त वृद्धि नेपाली बैंकिङ्ग इतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो । 

हाल बैंकले मुलुकभर २७३ शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

हालसम्मयस बैंकमा ग्राहकको संख्या करिब १४लाख ५० हजार रहेको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खनियाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *