मोटरसाइकल चोर गिरोह प्रहरीको फन्दामा

 

माघ ३, सुनसरी । अत्याधिक मात्रामा मोटरसाइकल चोरीका घटना बढेपछि सुनसरी प्रहरीले मोटरसाइकल चोरीको गिरोह नै खोज्न लागि परेको थियो । 

प्रहरीले लामो समय लगाएर सुनसरीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्दै आइरहेको गिरोहलाई नै समात्न सफल भएको छ । सुनसरी प्रहरीले २०७५ श्रावण यता ९१ मोटरसाइकल चोरी भएको मध्ये ३५ वटा फेला पारेको छ भने, मोटरसाइकल चोरीका घटनामा संलग्न १० जनालाइ पक्राउ समेत गर्न सफल भएको छ । 

null

प्रहरीले आज ती संगठित मोटरसाइकल चोरहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दुहवीका अनवर मियाँ, अव्दुल कादिर मियाँ, जालम मियाँ, समिर मियाँ रहेका छन । 

सुनसरी गढीका सदाम हुसैन, जिवन कुमार तवदार, इनरुवा चाँदवेलाका प्रविण कुमार सिंह, इनरुवा वलाहाका आषिश पोखरेल, ग्रामथान मोरङका इरज धामी र अनिरुद्र चौधरीलाई पनि मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *