अब यस्ता विषयमा गर्न पाइने छैन विज्ञापन

 

पुस २६, काठमाडौँ । सरकारले विज्ञापन नियमनसम्बन्धी नयाँ कानुनको मस्यौदा राष्ट्रियसभामा दर्ता गरेको छ। 

विज्ञापन बोर्डको सिफारिसमा मात्रै विज्ञापन उत्पादन, प्रसारण र वितरण गर्नुपर्ने कानुनको मस्यौदा तयार गरेको हो । 

null

सूचना तथा सञ्चार मन्त्रालयबाट संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा रेडियो, टेलिभिजन, छापा, अनलाइन लगायतले विज्ञापन गर्दा विज्ञापन बोर्डको मापदण्डविपरीत भए कारबाही हुने प्रावधान राखिएको छ। 

सरकारले पेस गरेको विज्ञापन नियमन विधेयक अनुसार अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनररिहत (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ भने विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले ‘डबिङ’ गरी प्रसारण गर्न पनि पाउने छैनन्। 

सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले तोकेको मितिदेखि विज्ञापनरहित प्रसारण गनुपर्ने प्रावधान ल्याएको हो । 

सरकारले प्रस्ताव गरेको विधेयकको दफा ६ मा भनिएको छ ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ ।’ सरकारले विज्ञापनलाई करको दायरामा ल्याउनका लागि यस्तो व्यवस्था गर्न लागेको हो । 

यो विधेयक संसद्बाट पारित भई प्रारम्भ हुँदाका बखत कायम रहेका विज्ञापन एजेन्सी यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र बोर्डमा सूचिकृत हुनुपर्ने छ। 

मन्त्रालय (संघीय), प्रदेश र स्थानीय सरकारबाट विपद्का समयमा सर्वसाधारणको हित वा जानकारीका लागि प्रवाह गरिने सूचना वा विज्ञापन सञ्चारमाध्यमले निःशुल्क वा सहुलियत दरमा प्रकाशन र प्रसारण गर्नुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। 

त्यस्तै विधेयकले विभिन्न विषयलाई विज्ञापन गर्न बन्देज लगाएको छ। प्रचलित नेपाल कानुनले उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न निषेध गरेका कुनै वस्तु पदार्थ वा सेवाको उत्पादन, बिक्रीवितरण उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने विषय, जुवा खेल्न खेलाउन वा चिठ्ठा किन्न/किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न पनि राेक लगाएकाे छ ।  

अश्लिल विषय वा तत्सम्बन्धी अन्य विषय, वस्तु वा सेवाको उपयोग वा प्रयोग गर्न वा प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने विषय, हतियार वा विष्फोटक पदार्थ वा नेपालको सुरक्षा, शान्ति र व्यवस्थामा खतरा उत्पन्न गर्न सक्ने अन्य यस्तै वस्तु वा पदार्थको उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न पाइने छैन। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *