सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकासुरेन्स सम्झौता

 

पुस १०, काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबिच बैंकासुरेन्स सम्झौता भएको छ । 

उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजित कुमार शाक्यले हस्ताक्षर गरे । 

null

यस सम्झौता अन्र्तगत सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन् । 

त्यस्तै ग्राहकहरुले उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत् उपलब्ध हुने बैंकले जनाएको छ । 

साथै कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्ब पुर्याउन ६० करोड मुल्यकोे IPO सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *