आयत मुखी प्रवृतीकै कारण व्यापार घाटा बढ्दै

मंसिर २१, धरान । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आयत मुखी प्रवृतीकै कारण व्यापार घाटा दिनानु बढीरहेको वताएका छन् । आज धरान १२ स्थित महेन्द्र पथमा कैलाश विकास बैंकको ७० आैँ शाखाको रुपमा उद्घाटन गर्दै मन्त्री आङवोले सो कुरा बताएका हुन् । जब सम्म हामीले वस्तु र सेवालाई निर्यात गर्न सक्दैनौ तबसम्म व्यापार घाटा बढिरहने बताउँदै व्यापार घाटा नियन्त्रण गर्न सरकार लागिरहेको बताए । 

उनले बैंकहरुले पनि उत्पादन र सेवामा लगानी गर्नुपर्ने बताउँदै गाडी घर जग्गा जस्ता बस्तुमा लगानी हुँदा व्यापरमा घाटा बढिरहेको पनि बताए । सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउन प्रदेश सरकारले सम्पूर्ण युवाहरुका लागी काम स्वदेशमै रोजगारीको बाताबरण बनाउन लागी परेको दाबी गरे ।  

कार्यक्रममा धरानका बिभिन्न बैंकको प्रमुखहरु, व्यापारीक प्रतिष्ठानका व्यक्तित्व, पत्रकार सर्वसाधारण लगायतको सहभागिता रहेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *