ग्लोबल आइएमईको थप ३ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

 

पुस १३, काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पुस १० गते मंगलबार देखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यबिन्दु नगरपालिका – १५, हर्बस्टारमा ११३ औँ पुस ११ गते बुधबार देखि सोहीे जिल्लाकै कावासोती नगरपालिका – १७, गोछडामा ११४औँ र पुस १२ गते बिहीबार देखि पाल्पा जिल्ला रम्भा गाउँपालिका – १, हुँगीमा ११५ औँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

यि तीनै शाखा रहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानिय जनप्रतिनिधि, बुद्घिजीबि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखा रहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् । शाखा रहित बैंकिङ्ग सेवाबाट देशका बिभिन्न ग्रामिण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । 

null

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सिमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *