किरात राई यायोक्खा सोनापुरको अध्यक्षमा पुन: राम प्रसाद राई

मंसिर, २३, दुहबी । सुनसरीको सोनापुरमा किरात राइ यायोक्खा प्रारम्भिक कार्य समिति सोनापुरको दोश्रो प्रारम्भिक कार्य समिति अधिवेशन समपन्न भएको छ । अधिवेशनको बन्द शत्रमा पुरानो कार्य समिति बिगठन गरि सर्वसम्मतीकासाथ नयाँ कार्य समिति गठन गरिएको हो ।
नयाँ कार्य समितिको अध्यक्षमा राम प्रसाद राई, उपाध्यक्षमा निर्मला राई, सचिवमा मनिस राई, सह–सचिव तिर्थराज राई, कोषाध्यक्ष सुमन राई रहेका छन् । यसैगरि सदस्यहरुमा सनकुमार राई, बिशाल राई, धन बहादुर राई, नान कुमारी राई, बसन्त कुमार राई, अमित कुमार राई, तुलसी राई, वर्षा राई, रचना राई र धनकुमार राई रहेका छन् । कार्यक्रममा प्रमुख अतिथी किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिका उपाध्यक्ष नगेश चन्द्र राईले शुभकामना मन्तव्य दिदैँ किरात राई यायोक्खा समितिले राई जातीको उत्थान तथा आफ्नो मौलिक परम्पराको जर्गेना गर्दै बिभिन्न सामाजिक काममा सहयोग पुर्याउने प्रमुख उदेश्य रहेको बताए । अधिवेशनको अवसर पारेर किरात राई यायोक्खा सोनापुरले ज्येष्ठ नागरिकहरु लगायतलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकहरु ८८ वर्षिय गंगा राई, ८७ वर्षिय कल्पना राई र ७१ वर्षिय ओम राई रहेका थिए । धार्मिक बिजुवा दिपक राई, दुहबी ३ की वडा सदस्य मैना राई रहेका छन् । उनीहरुलाइ किरात राइ यायोक्खा सुनसरी जिल्ला कार्य समितिका उपाध्यक्ष नगेश चन्द्र राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बिशिष्ठ अतिथी दुहबी वडा नम्वर ८ का वडाध्यक्ष तारिकचन्द्र सरदारले शुभकामना मन्तव्य दिदैँ किरात पहिचानकोलागि किरातीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । अतिथीहरु किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिका सदस्य सत्यचन्द्र राई, चन्द्रकला राई, किरात राइ यायोक्खा प्राकास दुहबीका अध्यक्ष ज्ञान बहादुर राई लगायतले शुभकामना मन्तव्य दिदँै किरात सँस्कृती एवं किरात सभ्यताको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य किरात राइ यायोक्खा सोनापुरका सदस्य अमित कुमार राईले दिएका थिए भने कार्यक्रम सञ्चालन किरात राई यायोक्खा सोनापुरका सचिव मनिस राईले गरेका थिए ।
null








