नेकपाको बैठक: राजनीतिक विषयमै छलफल केन्द्रित

पुस ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा आज राजनीतिक प्रतिवेदनमा छलफल भएको छ । 

विहान साँढे आठ बजे बसेको बैठकमा नेताहरु देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा विचार राखेका थिए । 

नेकपा महासचिब विष्णु पौडेलले बैठक भोली बिहान ८ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए । 

null

मंगलबार स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न माग गरेका थिए । 

देशका कतिपय भूभागमा प्रायोजित रूपमा शान्तिसुरक्षामा खलल पार्ने विखण्डनकारी तत्वबारे सरकार र पार्टी दुवै मौन रहेको भन्दै स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रियताका सम्बन्धमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ल्याएको राजनीतिक प्रतिवेदन अपूरो रहेको बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *