पानी निकासका लागी बनाईएका कल्भर्टहरु पुरिदैँ : स्थानियहरु चिन्तित

मंसिर २४, कैलाली । पूर्व पश्चिम राजमार्गमा पानी निकासका लागी बनाईएका कल्भर्टहरु पुरिन थालेका छन । कैलाली जिल्लाका बिभिन्न ठाउँमा राजमार्ग छेउमा घर बनाउने तथा आफनो जग्गामा माटो भरान गर्ने होडबाजीले सडकको सरकारी जग्गामा समेत माटो भरान गर्दा कल्भर्टहरु पुरिन थालेका हुन । 

जग्गाधनीहरुले आफनो काम गरेपनी पानी निकासको बैकल्पीक मार्ग तथा बस्ती डुवानको समस्यालाई वास्ता नगर्ने गरेको र सरकारी जग्गामा समेत माटो भरेर पानी निकासमा अबरोध गरिरहेको स्थानियहरुको भनाई छ । यसरी पानी निकासका लागी राजमार्गमा बनाईएका कल्भर्टहरु पुरिन थालेपछी वर्षा याममा बस्ती डुवान तथा कटानको समस्या हुने भन्दै स्थानियहरु चिन्तीत बनेका छन । 

स्थानिय सरकारले यो समस्या सामधानकालागी केही गर्छ की भन्ने आस बोकेका जनताहरु पनि निरास बन्न थालेका छन । बर्षौ देखी यस्ता समस्याहरु भोग्दै आएको भएपनी पछिल्लो समय सडक छेउमा भौतिक संरचनाको निमार्ण कार्य बढेकाले झनै समस्या थपिएको घोडाघोडी नगरपालिकाका स्थानिय बिक्रम चौधरीले बताए । जग्गा धनीहरुले मनपरी गर्ने र जनप्रतिनिधी तथा स्थानिय सरकारले यतातिर ध्यान नदिने परिपाटीले वर्षेनी डुवान र कटानको समस्या भोगिरहेको बर्दगोरीया गाउँपालिकाका स्थानिय लालमणी जोशीले बताए । 

null

जग्गामा जग्गा धनीको अधिकार हुने भएपनी बस्ती तथा समुदायलाई नै समस्यामा पारेर व्यक्तिगत स्वाथपूर्ति गर्न नहुने र गरेपनी बिकल्पको बाटो खोज्नु पर्ने उनको भनाई छ । आफनो जग्गामा जग्गाधनीको अधिकार हुने भएपनी राजमार्गको दायाँ बायाँ २५ मिटर सरकारी जग्गामा उनीहरुको अधिकार नहँुने र यसरी माटो भरानको कार्य नियम बिपरीत भएको बर्दगोरीया गाउँपालिका वडा नंं. १ का वडाध्यक्ष जयरुप खतिवडाले बताए । साथै उनले यस बिषयमा आफु गम्भिर भएर लागिरहेको र गाउँपालिकाबाटै बिशेष योजना निमार्ण गर्ने तयारी भईरहेको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *