मान्छे मूर्ख भएको भए भ्रष्टाचार हुँदैनथ्योः प्रधानमन्त्री

 

मंसिर २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य र सुसंस्कृत समाज निर्माणको बाधा नै भ्रष्टाचार भएको बताएका छन् । 

भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक पर्ने कानून, शिक्षा र संरचना बनिसकेकाे अवस्था भएका कारण अहिले नै अनुकुल समय भएको उनले बताए । 

null

सबै जनप्रतिनिधि कामप्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले कर्मचारी भ्रष्ट र घुस्याहा भयो भन्ने सन्देश जनतामा पर्न नहुने बताए । 

प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै म भ्रष्टाचार गर्दिन भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरे । ‘म भ्रष्टाचार गर्दिन भन्ने नारा शतप्रतिशत कार्यान्वयन भयो, अब ‘म गर्न दिन्न’ भन्ने कार्यान्वयनका लागि कोशिस गर्नेछौँ । त्यसका लागि हामी निर्मम तरिकाले जान्छौँ’, उनले भने ।  

त्यस्तै प्रम ओलीले भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन् भन्ने गरेको बताए । उनले भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने गरेको गुनासो गरे । 

‘अचम्म लाग्दो कुरो त के छ भने भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैन तर भ्रष्टाचार गर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैँले भ्रष्टाचार गर्छु भन्ने मान्छे भेटेको छैन तर भइरहेकाे छ । भनेपछि यो कति डरलाग्दो छ ?’ 

उनले सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको उल्लेख गर्दै मान्छेले बुद्धिलाई कु–ठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =