बंगलादेशका आज आमनिर्वाचन हुँदै, ४० हजार मतदान केन्द्रमा ६ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  बंगलादेशको ११ औं आम निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयनका लागि आमनिर्वाचन हुँदै छ । 

करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ भने अप्रिय घटना हुन नदिन ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । 

निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने विश्लषण गरिएको छ । 

null

विपक्षी दलका नेता खालिदा बेगम जिया भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले शेख हसिना वाजेदको पकड बलियो बनेको हो । 

यी दुई महिला नेत्रीले जनआन्दोलनको बलमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहमद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *