ग्लोबल आइएमई र नेपाल नेशनल हस्पिटल बिच सम्झौता

पुस ११, काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र नेपाल नेशनल हस्पिटल बीच आज अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरिय उपचारमा सहुलियत दिने उदेश्यले यी दुई पक्षीयले सम्झौता गरेको हो । 

 

उक्त सम्भौतापत्रमा नेपाल नेशनल हस्पिटलका बजार व्यबस्थापन प्रबन्धक श्रुती राणा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकाले हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ । 

null

उक्त सम्झौता पश्चात नेपाल नेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), क्रेडिट (Credit), प्रिभिलेज (Privilege) कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने बिभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउँने छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *