त्रिवि शिक्षण अस्पतालभित्रै एक कर्मचारीद्वारा झुण्डिएर आत्महत्या

मंसिर २४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र आइतबार साँझ एक वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् । 

काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले अस्पतालभित्रको गणेशमान सिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोभित्र झुण्डिएर आत्महत्या गरेका हुन् । 

अस्पतालभित्रको उक्त टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । 

null

बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् । 

रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =