नेकपा विवादः दुईओटा पार्टीको नाम एउटै राख्नुकाे कारण पेश गर्न सर्वोच्चको आदेश

 

मंसिर २४, काठमाडौँ । सर्वोच्च अदालतले दुई वटा पार्टीको एउटै नाम नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ राख्नुको कारण पेश गर्न आदेश दिएको छ। 

ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदाहुँदै तत्कालीन एमाले र माओवादीबीच एकता भएपश्चात् बनेको नयाँ पार्टीको नाम पनि नेकपा नै राख्नुको कारण पेश गर्न तथा सबै विपक्षीलाई उपस्थित हुन आदेश दिएको हो । 

null

नेकपाविरुद्ध अध्यक्ष ऋषि कट्टेलले मंसिर २१ गते सर्वोच्चमा निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै रिट दायर गरेका थिए । 

सोही रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेका हुन् । एउटै नाम राख्नुको कारण पेश गर्न निर्वाचन आयोग र सत्तारुढ नेकपालाई आदेश दिएको सर्वोच्चले जनाएको छ। 

कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ दल नेकपाले विधानविपरीत आफ्नो पार्टीको पहिचान नै अन्त्य हुनेगरी नामाकरण गरेर नाम राखेको बताउँदै आएका थिए । 

गएको जेठ ३ गते एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गरेका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *