जानकी मन्दिरमा पूजा सकेर मुख्यमन्त्री निवास पुगे योगी अादित्यनाथ

 

मंसिर २६, काठमाडौँ । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथि बनेर आएका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जानकी मन्दिरमा पूजा अर्चना सकेर मुख्यमन्त्री निवास फर्किएका छन् । 

निजी विमान चढेर बुधबार बिहान जनकपुर विमानस्थलमा ओर्लिएका योगी आदित्यनाथ जानकी मन्दिर पुगेर आधा घण्टा पूजा अर्चना गरी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग मुख्यमन्त्री कार्यालय प्रस्थान गरेका हुन् । 

null

आदित्यनाथलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले स्वागत गरेका थिए । 

आदित्यनाथलाई सुरक्षा दिन सुरक्षा व्यवस्था कडा पारिएको छ । उनका लागि दिवा भोजमा ३६ व्यञ्जनको प्रबन्ध गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =