एनआईसी एशिया र सानिमा लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

 

पुस १५, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 

यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

null

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे । 

बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकको वासलातको आकार रू. २१२.अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ । बैंकको कुल कर्जा करिब रू. १४६ अर्ब छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका सूचना अधिकारी अर्जुन राजखनियाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *